ग्लोबल


रकेट लन्चर प्रणालीलाई थोत्रो भन्दै किम जोङ उनले नयाँ हतियार तयार राख्न दिए निर्देशन

रकेट लन्चर प्रणालीलाई थोत्रो भन्दै किम जोङ उनले नयाँ हतियार तयार राख्न दिए निर्देशन

हतियार निरक्षणका क्रममा किम


एजेन्सीहरू
पुस २१, २०८२ सोमबार १०:४, काठमाडौँ

विश्वलाई नै त्रसित पार्ने गरी उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो 'गोप्य हतियार' कारखानाबाट भयानक घोषणा गरेका छन्। यो घोषणाले पश्चिममा देशमा ठूलो खलबली मच्चाएको छ। 'प्रलय' ल्याउन सक्ने अत्याधुनिक हतियारहरूको उत्पादनलाई किमले रातारात साढे दुई गुणाले बढाउन आफ्ना इन्जिनियरहरूलाई कडा 'डेटलाइन' नै तोकिदिएका छन्।

निलो सुटमा ठाँटिएर कारखाना पुगेका किमले प्रविधि अपग्रेड गरिएका उत्पादन क्षेत्रहरूको सूक्ष्म अवलोकन गरेका थिए। सैन्य सामग्रीको गुणस्तरमा कुनै पनि हालतमा 'सम्झौता' नगर्न उनले चेतावनी दिए। हालसम्मको रकेट लन्चर प्रणाली अब 'थोत्रो' भइसक्यो भन्दै त्यसको ठाउँमा सटिक निशाना लगाउन सक्ने 'प्रिसिजन गाइडेड' मिसाइलहरूको विशाल फौज तयार पार्ने योजना उनको छ।

उत्तर कोरिया नयाँ किसिमका हतियार बनाउन सफल भए त्यसले दक्षिण कोरिया र अमेरिका समर्थित देशहरूको निद्रा बिथोल्दिनेछ। सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेका तस्बिरहरूमा किम जोङ उनले नयाँ हतियारहरूको सैन्य क्षमता र मारक प्रभावकारिताको मूल्याङ्कन गरिरहेको देखिन्छ।

'हाम्रो ट्याक्टिकल गाइडेड हतियार प्रणाली संसारकै उत्कृष्ट हुनेछ। भविष्यमा यसले हाम्रो रकेट प्रणालीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्नेछ र यो हाम्रो सेनाको मुख्य शक्ति बन्नेछ',  किमले भनेका छन्।

रक्षा मन्त्रालय र जनरल स्टाफको माग अनुसार हतियारको मौज्दात 'अपुग' भएको उनको ठहर थियो।
किमको यो नयाँ मुभले युद्धको संकेत गरेको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, 'यसले उत्तर कोरिया 'दीर्घकालीन युद्ध'का लागि तयार रहेको संकेत गर्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad