थाइल्यान्डको राजधानी बैंककमा बुधबार बिहान गुडिरहेको रेलको डिब्बामा निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ।
यसैले मृत्यु हुनेको संख्या बढ्ने आशंका रहेको बीबीसीले जनाएको छ।
बैंककको उत्तरमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटना भएको हो।

रेलमा जम्मा १९५ जना सवार थिए।
39
Shares

प्रतिक्रिया