आइतबार साँझ स्पेनको एन्डालुसिया क्षेत्रमा एउटा उच्च गतिको रेल लिकबाट बाहिरिँदै विपरीत दिशाको लिकमा पुग्दा अर्को रेलसँग ठोकिएको छ।
अधिकारीहरूले दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको र ७३ यात्रु घाइते भएको बताएका छन्।
स्पेनको रेल अपरेटर एडीआईएफका अनुसार मालागाबाट म्याड्रिड जाने आइतबार साँझको उच्च गतिको रेल कोर्डोबानजिकै लिकबाट बाहिरिँदा म्याड्रिडबाट हुएल्भा जाने अर्को रेलसँग ठोकिपएको हो।
दुवै रेलमा गरेर ३०० यात्रु रहेको बताइएको छ।
भिडिओ-
High speed rail crash in Spain. It’s reported 5 dead so far.
Awful.
pic.twitter.com/JuHux8uyrP— Bernie (@Artemisfornow) January 18, 2026
एन्डालुसियाका क्षेत्रीय स्वास्थ्य मन्त्री एन्टोनियो सेन्जले मृतकको संख्या २० नाघ्ने आशंका रहेको बताएका छन्।
उनका अनुसार ७३ जना घाइतेलाई छवटा अस्पतालमा भर्ना गरिएको छ।
Shares

प्रतिक्रिया