समाज


नेपाल प्रहरीका ८ डीआईजी सरुवा: चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर

नेपाल प्रहरीका ८ डीआईजी सरुवा: चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर

नेपालखबर
माघ ५, २०८२ सोमबार ८:८, काठमाडौँ

नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक डीआईजी सरुवा गरिएको छ। 

यस क्रममा चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर भएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको पनि सरुवा गरिएको हो। 

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट, काठमाडौँबाट डीआईजी भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ सरुवा गरिएको छ भने कर्णाली प्रदेश कार्यालय, सुर्खेतबाट डीआईजी माधवप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट ल्याइएको छ।

यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका डीआईजी राजेन्द्रप्रसाद भट्टलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौँ खटाइएको छ। यसैगरी बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल, काठमाडौँ ल्याइएको छ।

अनि गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागन्ज, काठमाडौँ सरुवा गरिएको छ। 
 

हेर्नुहोस् सरुवाको पूरा सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad