आज काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।
‘पानी पार्ने बादल विकास भइरहेको देखिन्छ’, उनले आज बिहान ८:१० बजेतिर भने, ‘हल्का वर्षा हुने सम्भावना देखिन्छ। तर सम्भावना थोरै देखिएको छ।’
तर केही समयपछि फेरि काठमाडौँ उपत्यकाको आकाश खुल्ने सम्भावना रहेको मौसमविद् ढकालको भनाइ छ।
अनि दिउँसोपछि फेरि बादल बढ्दै गएर हल्कासम्म वर्षा हुने सम्भावना देखिएको उनले बताए।
‘दिउँसोपछि भने पानी पर्ने सम्भावना अलि बढी छ’, मौसमविद् ढकालले भने ‘तर त्यस्तो ठुलो र लगातार वर्षाको सम्भावना होइन हल्का वर्षाको सम्भावना छ।’
117
Shares

प्रतिक्रिया