जापानको एउटा नगरले आफ्नो पुरानो पानी प्रणाली मर्मत गर्न २१ किलोग्राम सुनको इँटा सहयोग प्राप्त गरेको छ।
बीबीसीका अनुसार लगभग ५६ करोड येन (अमेरिकी डलर ३.६ मिलियन) मूल्यका यी सुनको इँटाहरू गत नोभेम्बरमै एक दाताले दिएका हुन्। जसले आफ्नो पहिचान नखुलाउन भनेका छन्।
ओसाकाका मेयर हिदेयुकी योकोयामाले बिहीबार पत्रकार सम्मेलनमा गरी दान प्राप्त भएको कुरा जानकारी गराएका हुन्।
उनले भने, ‘पुरानो पानी पाइपलाइन मर्मत गर्न उल्लेखनीय रकम आवश्यक हुन्छ। त्यसकारण मसँग अभार व्यक्त गर्नेबाहेक अरू शब्द छैनन्।’
योकोयामाका अनुसार सहयोेग ‘आश्चर्यजनक’ र ‘शब्दभन्दा बाहिर’ छ। उनले यसअघि पनि तिनै दाताले नगरपालिका वाटरवर्कका लागि ५ लाख येन नगद दान गरेका थिए।
लगभग ३० लाख जनसंख्या भएको ओसाका जापानको कान्साई क्षेत्रको एक प्रमुख व्यावसायिक केन्द्र र देशको तेस्रो ठुलो सहर हो।
तर धेरै अन्य जापानी सहरजस्तै ओसाकाको पानी र ढल निकास पाइपलाइन पुरानो भइरहेका छन्।
सहरको पानी विभागका अनुसार आर्थिक वर्ष २०२४ मा ओसाकाको सडकमुनि रहेका पानीका पाइपलाइनमा ९० भन्दा बढी चुहावट भएको पाइएको थियो।
Shares

प्रतिक्रिया