ग्लोबल


एपस्टिन प्रकरणमा अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टनको बयान: ‘मैले केही गलत गरेको छैन’

एपस्टिन प्रकरणमा अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टनको बयान: ‘मैले केही गलत गरेको छैन’

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन


नेपालखबर
फागुन १६, २०८२ शनिबार १०:२७, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले एपस्टिन प्रकरणमा संसदीय समिति (कंग्रेसनल कमिटी) लाई बयान दिएका छन्। 

बीबीसीका अनुसार न्युयोर्कमा संसदीय समितिले उनीसँग शुक्रबार दिनभर बन्द कोठामा बयान लिएको थियो। 

त्यस क्रममा पूर्वराष्ट्रपति क्लिन्टनले भने, ‘मैले केही देखेको छैन र केही गलत गरेको छैन।’

अमेरिकाको न्याय विभागले हालै जारी गरेको यौन अपराधमा संलग्न अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित दस्तावेजमा समावेश तस्बिरमा बिल क्लिन्टन पनि देखिएका छन्। जहाँ उनी अज्ञात व्यक्तिसँग हट टबमा छन्। 

यसअघि अमेरिकाको संसदीय समितिले उनकी श्रीमती र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनसँग बयान लिएको थियो। 

उनीहरूले पनि एपस्टिनको अपराधबारे ‘कुनै जानकारी’ नभएको दाबी गरेका थिए। 

बिल क्लिन्टनले बयानमा भने, ‘एपस्टिनले के गरिरहेका छन् भन्ने अलिकति पनि जानकारी भएको भए म उनीसँग सम्बन्ध तोड्ने थिएँ र उनको विमानमा कहिल्यै यात्रा गर्ने थिइनँ।’

उनले भने, ‘म आफैँ उनलाई अधिकारीहरूको जिम्मा लगाउने थिएँ।’

एपस्टिन यौन प्रकरणले विश्वमै हलचल ल्याएको छ।

यही कारण १० देशमा विभिन्न पदका व्यक्तिले राजीनामा दिनुपरेको छ भने ८० शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ। 

त्यही काण्डमा नाम जोडिएपछि हालै नर्वेका पूर्वप्रधानमन्त्री थोर्बजोर्न जगल्यान्डले आत्महत्या प्रयास गरेका छन्।

यस्तै अमेरिकाका लागि पूर्वबेलायती राजदूत पिटर म्यान्डेलसनलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad