ग्लोबल


हेजबुल्लाहका गुप्तचर प्रमुख मार्‍यौँ: इजरायल

हेजबुल्लाहका गुप्तचर प्रमुख मार्‍यौँ: इजरायल

इजरायलको आक्रमणले लेबननको राजधानी बेरुतमा देखिएको धुवाँको मुस्लो।


नेपालखबर
फागुन १८, २०८२ सोमबार २०:५५, काठमाडौँ

इजरायल रक्षा बल (आईडीएफ) ले सोमबार हेजबुल्लाहका गुप्तचर प्रमुख हुसेन मकलेड आक्रमणमा मारिएको दाबी गरेको छ।

आईडीएफले लेबननको राजधानी बेरुतमा गरिएको हमलामा उनी मारिएको जानकारी एक्स पोस्टमार्फत दिएको हो। 

हेजबुल्लाहका गुप्तचर प्रमुख हुसेन मकलेड

यसअघि आईडीएफले लेबननबाट इजरायलमा प्रहार गरिएको रकेटको जवाफमा बेरुतमा वरिष्ठ हेजबुल्लाह आतंककारीविरुद्ध सटीक हमला गरेको उल्लेख गरेको थियो। 

उसले अगाडि लेखेको छ, ‘हेजबुल्लाह र इरानको आतंकवादी शासनका दर्जनौँ कमान्ड सेन्टरहरूमा पनि आक्रमण गरिएको छ। हेजबुल्लाहले हतियार भण्डारण गर्ने ठाउँलाई पनि निसाना बनाइएको छ।’

आईडीएफले इरानी शासनको गुप्तचर मन्त्रालयका धेरै वरिष्ठ सदस्यहरूलाई पनि मारिएको दाबी गरेको छ। यसमा सय्यद याह्या हमिदी र जलाल पौर हुसेन पनि छन्।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबननबाट हेजबुल्लाहले क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि इजरायलले जवाफी हमला गरेको हो। 

इजरायली सेनाका अनुसार, क्षेप्यास्त्र इजरायलका खुला क्षेत्रमा खसेका थिए।

हेजबुल्लाह शिया मुस्लिम राजनीतिक र सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ।

उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्छ। 

अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्। 

जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad