दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण भएको छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन खसेको भिडिओ सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा राखिएको भिडिओमा टर्मिनलनजिकै विस्फोट र धुवाँको ठुलो मुस्लो देखिएको छ।
जहाँ एक जनाले ‘अर्को ड्रोन’ भन्दै गरेको सुनिन्छ।
विस्फोटको स्थान स्पष्ट छैन, तर यो विमानस्थलको कन्कोर्स ए नजिकै भएको हुन सक्छ।
दुबई सरकारको मिडिया कार्यालयले एक्समा लेखेको छ, ‘दुबईका अधिकारीहरूले भग्नावशेष खसेर भएको सानो घटनालाई सफलतापूर्वक नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन। दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा घटना भएको दाबी गर्दै सामाजिक सञ्जालमा प्रसारित रिपोर्ट पनि अधिकारीले खण्डन गरेका छन्।’
— OSINTtechnical (@Osinttechnical) March 7, 2026Another Iranian attack drone hit Dubai International Airport, barely missing Concourse A. pic.twitter.com/axvNdrXUFn
Shares

प्रतिक्रिया