ग्लोबल


इजरायलले इरानमा फेरि गर्‍यो भीषण आक्रमण

इजरायलले इरानमा फेरि गर्‍यो भीषण आक्रमण

शुक्रबार बिहान इरानका धेरै ठाउँमा विस्फोट भएको छ।


नेपालखबर
फागुन २९, २०८२ शुक्रबार ११:५३, काठमाडौँ

इजरायलले इरानमा नयाँ आक्रमणको घोषणा गरेपछि शुक्रबार बिहान राजधानी तेहरानसहित धेरै क्षेत्रमा आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन्।

बीबीसीको फारसी सेवाका अनुसार आक्रमण शुक्रबार बिहान ५ बजेसम्म जारी रह्यो। अरक ​​क्षेत्रबाट आक्रमणका धेरै तस्बिर सार्वजनिक भएका छन्। 

कारज क्षेत्रमा आक्रमण भएको कुरा सामाजिक सञ्जालमा पनि आएका छन्।

तेहरानवासीका अनुसार आक्रमण यति शक्तिशाली थियो कि भूकम्पको धक्काजस्तो टाढासम्म महसुस गरिएको थियो।

इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’निकट समाचार एजेन्सी तस्निमले दक्षिणी तेहरानमा विस्फोट भएको उल्लेख गरेको छ।

एतेमाद पत्रिकाले शुक्रबार बिहान आक्रमणबाट प्रभावित क्षेत्रको सूची जारी गरेको छ।

पत्रिकाका अनुसार हमलाबाट इरानका पुनाक, मर्जदारन, इस्लाम सहर, सहर रे, लवासन, पारदिस, जफरानिह, दौलत, सुहरावर्दी, नाजी अबाद र तेहरान पारस प्रभावित भएका छन्। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

यस्तै इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad