फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इराकको एर्बिल क्षेत्रमा गरिएको ड्रोन आक्रमणमा आफ्ना एक सैनिकको मृत्यु भएको र ‘कैयौँ’ घाइते भएको बताएका छन्।
उनले प्रमुख वारेन्ट अधिकारी अर्नाउड फ्रियोनको मृत्यु भएको जानकारी दिए।
इरानसँग युद्ध सुरु भएयता पहिलोपटक फ्रान्सका सैनिक मारिएका हुन्।
म्याक्रोनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशका तर्फबाट म उनका परिवार र सहकर्मी सैनिकप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु।’
राष्ट्रपति म्याक्रोनले यस क्षेत्रमा इस्लामिक स्टेटसँग लडिरहेका फ्रान्सेली सेनामाथि भएको आक्रमणको निन्दा गरेका छन्।
ड्रोन कहाँबाट प्रहार भयो भन्ने कुरा अहिले स्पष्ट भइसकेको छैन।
गत फेब्रुअरी २८ देखि जारी इजरायल-अमेरिका र इरानबिच युद्धका बिच उक्त घटना भएको हो।
192
Shares

प्रतिक्रिया