ग्लोबल


इरानसँग तनावका बिच राजीनामा दिँदै अमेरिकी नौसेना प्रमुख

इरानसँग तनावका बिच राजीनामा दिँदै अमेरिकी नौसेना प्रमुख

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अमेरिकाका नौसेना प्रमुख जोन फालन (बायाँ)


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ९:५५, काठमाडौँ

इरानसँग तनाव भइरहेका बेल अमेरिकाको नौसेना प्रमुख जोन फालनले राजीनामा दिने भएका छन्। 

पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत अब नौसेनाका उपसचिव हङ काओ कार्यवाहक सचिव हुने जानकारी दिएका छन्। 

हालैका महिनामा राजीनामा दिएका वरिष्ठ सैन्य अधिकारीको सूचीमा फालन पनि थपिएका छन्।

केही हप्ताअघि मात्र अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई राजीनामा दिन निर्देशन दिएका थिए।

यसअघि दुई सैन्य अधिकारीहरू जनरल डेभिड होडने र मेजर जनरल विलियम ग्रिनलाई पनि हालै पदबाट हटाइएको थियो।

पेन्टागन प्रवेश गरेयता हेगसेथले नौसेना अपरेसन प्रमुख र वायुसेना उपप्रमुखसहित दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई हटाइसकेका छन्।

पहिले कहिल्यै सेनामा सेवा नगरेका फालन मार्च २०२५ मा नौसेना प्रमुख बनेका थिए। उनलाई २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पदमा नियुक्त गरेका थिए।

उनका उत्तराधिकारी काओ अक्टोबर २०२५ मा उपसचिव बनेका थिए भने उनी २५ वर्षदेखि नौसेनामा सेवारत छन्।

पाकिस्तानमा इरानसँग दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको चर्चाबिच अमेरिकाका नौसेना प्रमुखले राजीनामा दिने भएका हुन्। 

अमेरिकाका राष्ट्रपति ट्रम्पले आगामी शुक्रबारसम्म इरानसँग वार्ता हुन सक्ने बताएका छन्।  

यसैबिच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्ने कुरा स्वागतयोग्य रहेको तर धम्कीले यसमा बाधा पुर्‍याइरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad