ग्लोबल


इरानमा थप एक व्यक्तिलाई दिइयो मृत्युदण्ड

इरानमा थप एक व्यक्तिलाई दिइयो मृत्युदण्ड

सुल्तान अली सिरजादी


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १३:४३, काठमाडौँ

आज (बिहीबार) बिहान इरानमा अर्का व्यक्तिलाई मृत्युदण्ड दिइएको छ।

इरानी न्यायपालिकाको आधिकारिक सञ्चारमाध्यम मिजान न्युजका अनुसार सुल्तान अली सिरजादी नामका व्यक्तिलाई मृत्युदण्ड दिइएको हो। 

उनलाई पिपुल्स मुजाहिदिन अर्गनाइजेसनको सदस्य भएको र इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको थियो।

इरानी न्यायपालिकाले भनेको छ, ‘कानुनी प्रक्रिया पूरा भएपछि र सर्वोच्च अदालतको निर्णयपछि सुल्तान सिरजादीलाई मृत्युदण्ड दिइएको हो।’

बीबीसी फारसीका अनुसार हालैका महिनाहरूमा इरानमा मृत्युदण्ड दिने क्रम बढेको छ। यसमा त्यहाँका मानव अधिकारवादी संगठनहरूले चिन्ता व्यक्त गरेका छन्।

ती संगठनका अनुसार 'जासुसी' आरोपमा मात्र होइन, विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा पनि मृत्युदण्ड दिइएको छ।

मानव अधिकार संगठनहरूले भनेका छन्, ‘इरानी शासनले त्रास सिर्जना गर्न मृत्युदण्ड दिइरहेको छ।’

इरानी अधिकारीहरूले भने ‘देशको कानुनअनुसार र सुरक्षा खतरा सामना गर्न मृत्युदण्ड दिनुपरेको’ दाबी गरेका छन्।

बीबीसीका अनुसार युद्ध सुरु भएयता इरानले १२ भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। केहीलाई इजरायलका लागि जासुसी गरेको अभियोग लगाइएको थियो भने अरूलाई यस वर्षको सुरुमा सरकारविरोधी प्रदर्शनमा संलग्न भएको आरोप लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad