अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना प्रमुख र्यान्डी जर्जपछि नौसेना प्रमुख जोन फालनलाई बर्खास्त गरेका छन्।
अमेरिकी रक्षा विभाग (पेन्टागन) का अनुसार नौसेना प्रमुख फालनलाई बुधबार नै पदबाट हटाइएको हो।
यसअघि ट्रम्पले अप्रिल २ मा सेना प्रमुख र्यान्डी जर्जलाई पदबाट निकालेका थिए।
यस्तै आणविक विभागसँग सम्बन्धित एक वरिष्ठ अधिकारी एन्ड्रयु हगलाई संवेदनशील जानकारी चुहावट गरेको आरोपमा निलम्बन गरिएको छ।
इरानसँग युद्ध सुरु भएयता अमेरिकाले एकपछि अर्का शीर्ष सैन्य अधिकारीलाई हटाइरहेको हो।
हाल अमेरिकी नौसेना फारसी खाडीमा सक्रिय छ।
141
Shares

प्रतिक्रिया