इजरायली सेना प्रमुख इयाल जमिरले देशको सेनाले २०२६ सम्म पनि लडाइँ जारी राख्न सक्ने दाबी गरेका छन्।
उत्तरी इजरायलको रमत डेभिड एयर बेसमा सोमबार साँझ आयोजित बैठकमा उनले उक्त अभिव्यक्ति दिएका दिएका हुन्।
बैठकमा इरान र लेबननविरुद्ध जारी युद्धका विषयमा समीक्षा गरेको बीबीसीले जनाएको छ।
इयाल जमिरले भने, ‘२०२३ अक्टोबर ७ देखि इजरायली सेना धेरै मोर्चामा निरन्तर लडिरहेको छ र सबै मोर्चामा तीव्र लडाइँ पुनः सुरु भएमा जवाफ दिन सक्ने गरी सेना सधैँ तयार र सतर्क रहन्छ।’
उनले आगामी वर्षहरूमा सेनाको बढ्दो जिम्मेवारीलाई ध्यानमा राख्दै इजरायली सेनालाई थप सैनिकको आवश्यकता रहेको पनि बताएका छन्।
अमेरिका-इजरायल र इरानबिच युद्धविराम जारी रहेका बेला इजरायली सेना प्रमुखले त्यस्तो धारणा राखेका हुन्।
इरानले हालै युद्ध अन्त्य गर्न अमेरिकालाई प्रस्ताव पठाएको छ। तर यसप्रति अमेरिकाका राष्ट्रपति ट्रम्प असन्तुष्ट रहेको तर एक अमेरिकी अधिकारीलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।
Shares

प्रतिक्रिया