चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
निकुञ्ज प्रशासनले मध्यवर्ती वन, मध्यवर्ती सामुदायिक वन, कबुलियती वन, मध्यवर्ती क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनार क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना र गरिएको खेतीपाती हटाउन निर्देशन दिएको हो।
निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम १७ (क) अनुसार वन क्षेत्र अतिक्रमण, नियन्त्रण वा फँडानी गर्नु कानुन विपरीत भएको स्पष्ट पारेको छ।
सूचना अधिकारी थापाले पछिल्लो समय निर्माण गरिएका अनधिकृत संरचना सम्बन्धित पक्षले स्वयं हटाउनका लागि सूचना जारी गरिएको बताए। उनले भने, ‘निर्धारित समयभित्र आफैँ नहटाएमा निकुञ्ज प्रशासनले कानुनबमोजिम ती संरचना हटाउनेछ।’
Shares

प्रतिक्रिया