अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकारीहरूलाई इरानविरुद्ध दीर्घकालीन नाकाबन्दीको तयारी गर्न निर्देशन दिएका छन्।
वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त समाचार लेखेको हो।
रिपोर्टमा भनिएको छ, ‘ट्रम्पले इरानमा आर्थिक दबाब कायम राख्ने निर्णय गरेका छन्। यसमा जहाजहरूलाई बन्दरगाहमा पुग्नबाट रोकेर इरानको तेल आपूर्ति र व्यापारमा बाधा पुर्याउने योजना छन्।’
वाल स्ट्रिटमा ट्रम्पले इरानमा पुन: बम विस्फोट गर्ने वा द्वन्द्वबाट पूर्ण रूपमा फिर्ता लिनेजस्ता अन्य विकल्प बढी जोखिमपूर्ण हुन सक्ने ठानेको उल्लेख छ। त्यसैले उनले नाकाबन्दी जारी राख्नु नै राम्रो रणनीति मानेका छन्।
यस कदमको उद्देश्य इरानको अर्थतन्त्र र तेल निर्यातलाई अझ कमजोर बनाउनु भएको बताइएको छ।
201
Shares

प्रतिक्रिया