इजरायली सेना र सिन बेट (इजरायलको सुरक्षा एजेन्सी) ले संयुक्त विज्ञप्ति जारी गरी उत्तरी गाजामा भएको हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका एक वरिष्ठ नेता मारिएको बताएका छन्।
विज्ञप्तिअनुसार हमासको गुप्तचर एकाइका अपरेसन प्रमुख इयाद अहमद अब्दुल रहमान सम्बारी मारिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘इयाद अब्दुल रहमान सम्बारीले इजरायली सैन्य आन्दोलनबारे जानकारी संकलन गर्न प्रमुख भूमिका खेलेका थिए र क्षेत्रमा तैनाथ सेनाहरूका लागि प्रत्यक्ष खतरा थिए।’
साथै उनी ‘२०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध आक्रमणको योजना बनाउनमा संलग्न’ रहेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
210
Shares

प्रतिक्रिया