ग्लोबल


मोदी यूएई भ्रमणमा, गरे एलपीजी आपूर्ति सम्झौता

मोदी यूएई भ्रमणमा, गरे एलपीजी आपूर्ति सम्झौता

नेपालखबर
जेठ १, २०८३ शुक्रबार २०:५४, काठमाडौँ

भारत र संयुक्त अबर इमिरेट्स (यूएई) बिच एलपीजी आपूर्तिका विषयमा ‘महत्त्वपूर्ण’ सम्झौता भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले यूएई भ्रमणमा छन्।

त्यस क्रममा शुक्रबार यूएईसँग रणनीतिक पेट्रोलियम भण्डार, रक्षा सहयोग र वादिनारमा जहाज मर्मत क्लस्टरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

यूएईले भारतीय पूर्वाधार, आरबीएल बैंक र सम्मान क्यापिटलमा ५ अर्ब डलर लगानी गर्ने घोषणा पनि गरेको छ।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी र यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले ऊर्जा सुरक्षा, व्यापार, लगानी र पश्चिम एसियाको अवस्थाबारे छलफल गरे। 

शुक्रबार यूएईको राजधानी अबुधाबी पुग्दा मोदीलाई गार्ड अफ अनरका साथ स्वागत गरियो। त्यस क्रममा मोदीलाई त्यहाँको वायुसेनाको एफ-१६ लडाकु विमानले सुरक्षा दिएको थियो। 

यसपछि मोदी र यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानबिच द्विपक्षीय वार्ता भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी आन मे १५ देखि २० सम्म विदेश भ्रमणमा रहनेछन्। यस क्रममा उनले यूएईसँगै नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटालीको भ्रमण गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad