कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।
कुवेतस्थित भारतीय दूतावासले मृतक भारतीय नागरिक रहेको उल्लेख गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार धेरै जनाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ।घटनापछि २५ वटा एम्बुलेन्सले घाइतेहरूलाई अस्पताल लगेका छन्।
आक्रमणबाट कुवेत विमानस्थलको टर्मिनल १ मा व्यापक क्षति भएको छ।
भिडिओ
🚨 مطار الكويت بعد الهجوم الإيراني الغادر.
— الدكتور منصور المالك 🇸🇦 Mansour Almalik (@MSAlmalik) June 3, 2026
اللهم احفظ الكويت وكافة الدول العربية من الحقد الفارسي التاريخي. #الكويت_في_قلوبنا pic.twitter.com/igfIWHcDhx
यसअघि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानले कुवेतमा तैनाथ अमेरिकी सेनाविरुद्ध फेरि ड्रोन आक्रमण गरेको तर हमला असफल भएको बताएको थियो।
Shares

प्रतिक्रिया