ad ad

ग्लोबल


दार्जिलिङमा मं‌गलबारदेखि हाेटल, रेस्टुराँहरु खुल्ने

दार्जिलिङमा मं‌गलबारदेखि हाेटल, रेस्टुराँहरु खुल्ने

शैलेन्द्र समदर्शी
भदौ २२, २०७७ सोमबार १२:२८,

भोलिदेखि दार्जिलिङ र कालेबुङमा होटल र रेस्टुराँहरू खोलिने भएका छन्। सामाजिक दूरीको नियम र हेल्थ हाइजिन प्रोटोकल्सलाई पालन गरी होटल र रेस्टुराँहरू खोल्न सक्ने जिल्ला प्रशासनले अनुमति दिएको छ।

होटल र रेस्टुराँहरू खोलिएपछि अब दार्जिलिङमा पर्यटकहरूको आगमन पनि शुरु हुने स्पष्ट छ। कोरोना महामारीका कारण दार्जिलिङ पहाड़को होटल र पर्यटन व्यवसाय पछिल्लो करिब सात महिनादेखि ठप्प छ।

यसैबीच, दार्जिलिङको क्षेत्रीय व्यवस्था गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जिटिए)-ले आफ्नो अधीनमा रहेका पर्यटन केन्द्रहरूलाई भोलिदेखि नै खुल्ला राख्ने बताएको छ।

पर्यटन केन्द्रहरूलाई खुल्ला राख्न अघि सेनिटाइज गर्ने तथा अन्य व्यवस्थाहरू अपनाइनेछ। विशेष गरी कोरोना संक्रमणलाई फैलिन नदिन प्रतिदिन प्रभावकारी उपाय अपनाइने बताइएको छ।

होटल-रेस्टुराँ र पर्यटन केन्द्रहरू खुल्ला राख्ने अनुमति दिइए तापनि दार्जिलिङमा कोरोना संक्रमणको जोखिम भने घटेको छैन।

उल्टै प्रतिदिन बढ़्दै गइरहेको छ। हिजै मात्र दार्जिलिङ शहरी क्षेत्रमा ५, मिरिकमा २, सुकनामा ३, पुलबजार (बिजनबारी)-मा ११, तकदामा ४ र सुकेपोखरी क्षेत्रमा एउटा कोरोना संक्रमणको मामिला प्रकाशमा आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .