अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भन्सार महसुल बढाउने बताएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘भारतले रुसबाट ठूलो मात्रामा तेल मात्र खरिद गरिरहेको छैन, तर यो तेलको ठूलो हिस्सा खुला बजारमा बेचेर ठूलो नाफा पनि कमाइरहेको छ। उनीहरूलाई रुसको युद्ध मेसिनले युक्रेनमा कति मानिसहरूलाई मारिरहेको छ भन्ने वास्ता छैन। यस कारणले गर्दा, म भारतमाथि कर बढाउनेछु।’
यसअघि जुलाई ३० मा ट्रम्पले भारतबाट अमेरिका आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन्।
ट्रम्पले भारतले रुसबाट सैन्य उपकरण र तेल खरिद गर्न जारी राख्यो भने विद्यमान करको अतिरिक्त थप जरिवाना पनि लगाउने चेतावनी दिएका थिए।
भारतले गरेको यो खरिदले रुसलाई युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको दाबी ट्रम्पले गरेका छन्।
Shares

प्रतिक्रिया