ग्लोबल


अमेरिकाले लगाएको करविरुद्ध भारतलाई चीनको साथ

अमेरिकाले लगाएको करविरुद्ध भारतलाई चीनको साथ

भारतका लागि चीनका राजदूत सु फेइहोङ


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १४:६, काठमाडौँ

अमेरिकाले भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएकामा चीनले विरोध गरेको छ।

भारतका लागि चीनका राजदूत सु फेइहोङले भारतीय सामानमा अमेरिकाले लगाएको करविरुद्ध लड्न आफ्नो देशले पनि साथ दिने बताएका हुन्। 

बिहीबार थिंक ट्याङ्क रिसर्च फाउन्डेसन र सेन्टर फर ग्लोबल इन्डिया इनसाइट्सद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘अमेरिकाले भारतमा ५० प्रतिशतसम्मको कर लगाएको छ र यसलाई अझ बढाउने धम्की दिएको छ। चीनले यसको कडा विरोध गर्छ। यस्ता कदमप्रति मौन बस्दा धम्कीलाई मात्र प्रोत्साहन पुग्छ।’

सु फेइहोङले चीन भारतका साथ दृढतापूर्वक उभिने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्ने बताएका छन्। 

उनले भने, ‘भारत र चीन एसियाको विकासका दोहोरो इन्जिन हुन्। दुई देशबीचको मित्रता एसियाका लागि मात्र नभई सम्पूर्ण विश्वको लागि लाभदायक हुनेछ।’

भारतका लागि चिनियाँ राजदूतले विश्वव्यापी स्थिरता कायम राख्न भारत र चीनबीचको सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताए। 

उनले भने, ‘समान र व्यवस्थित बहुध्रुवीय विश्व अघि बढाउने जिम्मेवारी दुवै देशलाई छ।’

उनले दुवै देशलाई रणनीतिक विश्वास बढाउन र अविश्वासबाट बच्न अपिल पनि गरे।

उनको यो भनाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा चीनका विदेशमन्त्री वाङ यीलाई भेटेपछि आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad