ग्लोबल


अनिल अम्बानीका वकिलले सर्वोच्च अदालतमा भने: उनी भारत छाडेर भाग्दैनन्

अनिल अम्बानीका वकिलले सर्वोच्च अदालतमा भने: उनी भारत छाडेर भाग्दैनन्

नेपालखबर
माघ २१, २०८२ बुधबार १४:१५, काठमाडौँ

भारतीय उद्योगपति अनिल अम्बानी र उनको कम्पनी रिलायन्स कम्युनिकेसन्सविरुद्धको बैंक ठगीसम्बन्धी मुद्दा बुधबार भारतको सर्वोच्च अदालतले सुनुवाइ गरेको छ।

बार एन्ड बेन्चका अनुसार सुनुवाइका क्रममा अनिल अम्बानीका वकिल मुकुल रोहतगीले अदालतलाई अम्बानी देश छाडेर नभाग्ने आश्वासन दिए। यस सम्बन्धमा वकिलले प्रतिज्ञापत्र पेस गरे, जुन अदालतले रेकर्डमा राखेको छ। 

यसअघि अनुसन्धान पूरा नहुँदै अम्बानी भारतबाट भाग्न सक्ने आशंका गरिएको थियो। यसैकारण उनका वकिलले अदालतमा प्रतिज्ञापत्र पेस गरेका हुन्। 

वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले भने, ‘उनी किन भाग्नु? उनी यस अदालतको अनुमतिबिना कतै जाँदैनन्।’

प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाला बागची र न्यायाधीश विपुल पञ्चोलीको संयुक्त इजलासले रिलायन्स कम्युनिकेसन्स र अनिल अम्बानीविरुद्ध बैंक ठगी आरोपको अनुसन्धान गर्न वरिष्ठ अधिकारीहरू सम्मिलित विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्न प्रवर्तन निर्देशनालयलाई आदेश दिएको छ।

अदालतमा दायर निवेदनमा आरकम र यसका सहायक कम्पनीले २०१३ देखि २०१७ सम्म एसबीआईको नेतृत्वमा रहेका बैंकहरूको समूहबाट ३१ हजार करोड रुपैयाँभन्दा बढीको ऋण लिएको दाबी गरिएको छ।

तर यसको प्रयोग गरेर कम्पनीले अन्य धेरै ऋण चुक्ता गर्‍यो र म्युचुअल फन्ड र मुद्दती निक्षेपमा लगानी गर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad