ग्लोबल


इरानबाट भारत आउन ठिक्क परेको विमानमा अमेरिकाले गर्‍यो आक्रमण

इरानबाट भारत आउन ठिक्क परेको विमानमा अमेरिकाले गर्‍यो आक्रमण

महान एयरलाइन्सको विमान (फाइल फोटो)


नेपालखबर
चैत १७, २०८२ मंगलबार ११:२५, काठमाडौँ

अमेरिकाले आक्रमण गर्दा इरानको मसहाद विमानस्थलमा इरान एयरलाइन्सको ‘महान एयर’को विमानमा क्षति भएको छ। 

समाचार एजेन्सी पीटीआईले इरानका अधिकारीहरूलाई उद्धृत गर्दै उक्त विमान औषधि र राहत सामग्री पुर्‍याउन भारत जाँदै गरेको उल्लेख गरेको छ। विमान यसै हप्ता नयाँ दिल्ली उडान गर्ने तालिका थियो।

यद्यपि अमेरिकाका अधिकारीले आक्रमणको पुष्टि गरेका छैनन्।

इरानले घटनालाई युद्ध अपराध र अन्तर्राष्ट्रिय कानुन उल्लंघन भनेको छ। 

भारतस्थित इरानी दूतावासले एक्स-पोस्टमा लेखेको छ, ‘विमानमा धेरै देशबाट अर्डर गरिएका औषधि र चिकित्सा उपकरण थिए र यो मानवीय मिसनमा थियो। यस्तो नागरिक विमानलाई निसाना बनाउनु अन्तर्राष्ट्रिय उड्डयन नियमको उल्ल‌ंघन हो र मानवीय कानुनको सिद्धान्तविपरीत हो।’

इरानी दूतावासले अगाडि भनेको छ, ‘सिकागो कन्भेन्सन (१९४४) र मोन्ट्रियल कन्भेन्सन (१९७१) अनुसार नागरिक विमानको सुरक्षाविरुद्धको कुनै पनि कार्य अन्तर्राष्ट्रिय अपराध हो।’

दूतावासले नागरिक उड्डयन संगठनलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई ‘आक्रमणमा संलग्नलाई तुरुन्तै कारबाही गर्न र भविष्यमा यस्ता आक्रमण हुन नदिन’अपिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad