रुसको एक अदालतले ब्याले डान्सर केसेनिया क्यारोलिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेकामा १२ वर्षको जेल सजाय सुनाएको छ।
बीबीसीका अनुसार उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो।
क्यारोलिना लस एन्जलसमा बस्थिन्। उनलाई २०२१ मा अमेरिकी नागरिकता दिइएको थियो।
क्यारोलिनालाई जनवरीमा मस्कोबाट १,६०० किलोमिटर पूर्व येकातेरिनबर्गमा पारिवारिक यात्राका क्रममा पक्राउ गरिएको थियो।
रुसको संघीय सुरक्षा सेवाले केसेनिया क्यारोलिनाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि रकम जुटाएको बताएको छ।
144
Shares

प्रतिक्रिया