ग्लोबल


अपडेट : प्रधानमन्त्री मोदी प्रतिस्पर्धी कंग्रेस उम्मेदवार रायभन्दा कति मतले अघि?

अपडेट : प्रधानमन्त्री मोदी प्रतिस्पर्धी कंग्रेस उम्मेदवार रायभन्दा कति मतले अघि?

नरेन्द्र मोदी र अजय राय


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १३:४०, काठमाडौँ

भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ। 

यसैबीच भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो संसदीय क्षेत्र वाराणसीमा प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्। 

भारतीय पत्रिका दैनिक भास्करले मंगलबार दिउँसो १:३० बजेसम्म दिएको तथ्यांकअनुसार मोदी विपक्षी कंग्रेस उम्मेदवार अजय रायभन्दा १ लाख ५ सय ७८ मतले अगाडि छन्। 

यो खबर तयार पार्दासम्म मोदीले ३ लाख ५९ हजार ९९ मत प्राप्त गरेका छन् भने कंग्रेस उम्मेदवार रायले २ लाख ६५ हजार ४ सय २१ मत ल्याएका छन्। 

भारतको १८औँ लोकसभा चुनाव सात चरणमा भएको थियो।

लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।

आज ५४३ सिटमध्ये अहिले ५४२ सिटमा मतगणना भइरहेको हो। मतगणना बिहान ८ बजे सुरु भएको थियो। 

सुरत लोकसभा सिटमा भने भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad