बंगलादेशले देशमा प्रतिबन्ध लगाइएको पूर्वप्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगलाई कार्यालय खोल्न र आफूविरुद्ध गतिविधि गर्न दिएको आरोप लगाएपछि भारतले खण्डन गरेको छ।
भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी बंगलादेशले भनेजस्तो भारतमा अवामी लिगले कुनै पनि प्रकारको 'बंगलादेशविरोधी' गतिविधि गरिरहेको थाहा नभएको बताएको हो।
‘भारत सरकारलाई अवामी लिगका सदस्यले भारतमा कुनै पनि प्रकारको 'बंगलादेशविरोधी' गतिविधि गरिरहेको थाहा छैन, न त भारतीय कानुनविरुद्धको कुनै पनि कदम चालेको छ। भारत सरकारले भारतीय भूमिबाट अन्य देशविरुद्ध राजनीतिक गतिविधि गर्न अनुमति दिँदैन’, विज्ञप्तिमा भनिएको छ।
बरु बंगलादेशमा सकेसम्म चाँडो स्वतन्त्र, निष्पक्ष र समावेशी चुनाव गराउनुपर्छ भन्ने पक्षमा आफू रहेको भारतको भनाइ छ।
Shares

प्रतिक्रिया