बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले नेटफ्लिक्सको शृंखला 'द ब्याड्स अफ बलिउड' बाट लेखक-निर्देशकका रूपमा डेब्यु गर्दै छन्।
बुधबार शोको प्रिभ्यु इभेन्ट थियो। यस क्रममा २ मिनेट ३८ सेकेन्डको ट्रेलर लन्च गरियो, जुन शाहरुख खानको आवाजबाट सुरु हुन्छ।
शाहरुख खान आफ्नो भाँचिएको हातका साथ छोरा आर्यनलाई समर्थन गर्न कार्यक्रममा आएका थिए। उनैले सम्पूर्ण इभेन्टको होस्ट गरेका थिए।
आर्यन पहिलोपटक मिडियाका अगाडि बोल्छन्, शाहरुख स्टेजमा उनको पछाडि उभिएर उनका लागि ताली बजाउँछन्। साथै भिडिओमा उनले छोरालाई अँगालो हालेको देखिन्छ।
1.0k
Shares

प्रतिक्रिया