बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको मुद्दामा ५ वर्षको जेल सजाय सुनाएको छ।
बीबीसी बंगलाका अनुसार, अदालतले उनका बहिनी शेख रिहानालाई ७ वर्ष र रिहानकी छोरी ट्युलिप सिद्दिकीलाई समेत २ वर्षको कठोर कारावास र एक लाख टका जरिवानाको सजाय सुनाएको छ।

यसअघि हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड र भ्रष्टाचारमा २१ वर्षको जेल सजाय सुनाइसकिएको छ।
सोमबारp ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दिकीसहित १७ जनाविरुद्ध फैसला सुनाएको हो।
भ्रष्टाचारविरोधी आयोगले पूर्वाचल नयाँ सहर परियोजनाका लागि सरकारी जग्गा अधिग्रहण गरेको भनी मुद्दा दायर गरेको थियो।
यसका साथै पूर्वआवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री सरिफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ अधिकारीहरूलाई पनि मुद्दामा अभियुक्त बनाइएको थियो।
Shares

प्रतिक्रिया