अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका वार्ताकारले अमेरिकालाई तेल र ग्याससँग सम्बन्धित ‘धेरै महत्त्वपूर्ण उपहार’ दिएको दाबी गरेका छन्।
उनले यो उपहार होर्मुज स्ट्रेटसँग सम्बन्धित रहेको बताए पनि विस्तृत विवरण दिएनन्।
ट्रम्पले भने, ‘यो उपहारले मलाई महसुस भइरहेको छ- मेरो प्रशासन सही व्यक्तिहरूसँग वार्ता गरिरहेको छ।’
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा त्यस्तो दाबी गरेका हुन्।
उनले यो पनि दाबी गरे, ‘इरानी वार्ताकारहरू अमेरिकासँग सम्झौतामा पुग्न आतुर छन्।’
ट्रम्पले यसअघि नै युद्ध अन्त्यका लागि अमेरिका र इरानबिच ‘रचनात्मक वार्ता’ भइरहेको दाबी गरेका छन्।
तर इरानले अहिलेसम्म कुनै वार्ता नभएको दाबी गरिरहेको छ।
यसैबिच सम्झौताका लागि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे योजना पठाएको रिपोर्ट पनि सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया