भारतीय कंग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धी मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन्।
पीटीआईका अनुसार दिल्लीस्थित सर गंगा राम अस्पतालका डाक्टरले उनी 'सिस्टमिक इनफेक्सन'बाट निको भइसकेको बताउँदै आज बिहान डिस्चार्ज गरेका हुन्।
ज्वरो आएपछि उनलाई यही मार्च २४ राति १०:२० बजे अस्पताल भर्ना गरिएको थियो।
सोनिया गान्धी सात दिनसम्म अस्पतालमा बसिन्।
अस्पतालका अध्यक्ष डा. अजय स्वरूपका अनुसार, ‘सोनिया गान्धीलाई 'सिस्टमिक इनफेक्सन'को उपचारका लागि भर्ना गरिएको थियो। एन्टिबायोटिकले सकारात्मक नतिजा देखाएको छ।’
75
Shares

प्रतिक्रिया