ग्लोबल


पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा भयो वार्ता

पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा भयो वार्ता

वार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँग भेट गर्दै इरानका सभामुख मोहम्मद बागेर गालिबाफ।


नेपालखबर
चैत २९, २०८२ आइतबार ६:१२, काठमाडौँ

पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबिच झन्डै १४ घण्टा वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको छ।

इरानी सरकारका अनुसार केही विषयमा मतभेद कायमै छन् तर वार्ता रोकिएको छैन। यद्यपि वार्ता फेरि कहिले सुरु गर्ने भन्ने तय भएको छैन। 

इरानी सरकारले एक्समा लेखेको छ, 'पहिलो चरण वार्ता अहिलेका लागि स्थगन गरिएको छ। दुवै देशका टोलीले मस्यौदा र आवश्यक कागजात आदानप्रदान गरेका छन्।'

रोयटर्सका अनुसार इरानको सरकारी टीभीका एक संवाददाताले वार्ता आइतबार पनि जारी रहने बताएका छन्।

वार्तामा नेतृत्व अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानतर्फ संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्। 

इरानले लेबननमा जारी इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ। 

४७ वर्षअघि १९७९ मा इरानको इस्लामिक क्रान्तिपछि अमेरिकासँग यति ठुलो स्तरमा पहिलोपटक आमनेसामने वार्ता भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad