पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबिच शान्ति वार्ता चलिरहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मियामीमा ‘यूएफसी फाइट’को आनन्द लिइरहेका थिए।
बीबीसीका अनुसार ट्रम्पसँगै उनको परिवारका धेरै सदस्य र अमेरिकाका विदेशमन्त्री मार्को रुबियो पनि थिए।
उता इस्लामाबादमा भने अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग वार्ता गरिरहेका थिए।
वार्तापछि भान्सले पाकिस्तानमा वार्ताका क्रममा आफू राष्ट्रपति ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताएका थिए।
भान्सले भने, ‘बितेका २१ घण्टामा मैले उहाँसँग कति पटक कुरा गरेँ भनेर भन्न मुस्किल छ, सायद आधा दर्जन वा दर्जनपटक।’
उनले थपे, ‘हामी राष्ट्रपतिसँग निरन्तर सम्पर्कमा थियौँ, किनभने हामी राम्रो नियतका साथ वार्ता गरिरहेका थियौँ।’
यद्यपि अमेरिका र इरानबिचको वार्ता असफल भएको छ।
‘यूएफसी फाइट’ हेरेका बेला ट्रम्पका केही तस्बिर




Shares

प्रतिक्रिया