इरानका एक पूर्वमन्त्रीले देशका सर्वोच्च नेता मोज्तबा खामेनी ‘पूर्ण रूपमा स्वस्थ’ भएको दाबी गरेका छन्।
इरानका पूर्वपर्यटन मन्त्री एज्जातोल्लाह जरघामीले सामाजिक सञ्जाल एक्समार्फत सर्वोच्च नेता खामेनी सुरक्षा संवेदनशीलताका कारण मात्र उनी सार्वजनिक नभएको दाबी गरेका छन्।
इरान ब्रोडकास्टिङका पूर्वप्रमुखसमेत रहेका जरघामीले एक्समा लेखेका छन्, ‘सुरक्षाका कारणले गर्दा अहिले नै खामेनीको तस्बिर वा अडिओ जारी गर्नु उपयुक्त नहुने विश्वसनीय विज्ञहरूको भनाइ छ।’
जरघामीले खामेनीको स्वास्थ्यबारे जनतालाई निराधार हल्लामा ध्यान नदिन अपिल पनि गरेका छन्।
मार्च ८ मा सर्वोच्च नेता बनेयता मोज्तबा खामेनीले सार्वजनिक भाषण दिएका छैनन्, क्यामेरामा देखा परेका छैनन् र उनको हालसालैको तस्बिर पनि जारी गरिएको छैन।
यद्यपि विगत ४० दिनमा उनले लिखित वक्तव्य जारी गरेका छन्।
यही अप्रिल २० मा पनि उनले आफ्नो बुबाको मृत्युमा समवेदना व्यक्त गर्ने सुन्नी धर्मगुरुहरूलाई धन्यवाद दिएका थिए।
Shares

प्रतिक्रिया