अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चार्ल्सलाई मंगलबार राति ह्वाइट हाउसमा ‘स्टेट डिनर’ आयोजना गरी सम्मान गरेका छन्।
बेलायतका राजा चार्ल्स र रानी क्यामिला मंगलबारदेखि अमेरिकाको चारदिने राजकीय भ्रमणमा छन्।
मंगलबार राति राष्ट्रपति निवास (ह्वाइट हाउस) मा आयोजित डिनरका क्रममा ट्रम्पले राजा चार्ल्ससँग इरानका विषयमा पनि कुरा गरेका छन्।
ट्रम्पले भने, ‘हामी त्यो शत्रु (इरान) लाई कहिल्यै पनि आणविक हतियार राख्न दिने छैनौँ। यो कुरामा चार्ल्स मभन्दा पनि बढी सहमत हुनुहुन्छ, हामी कहिल्यै पनि त्यस्तो हुन दिने छैनौँ।’
साथै उनले अमेरिका र बेलायत ‘साम्यवाद, फासीवाद र तानाशाही शक्तिह विरुद्धमा दृढतापूर्वक एक ठाउँमा उभिएको’ दाबी पनि गरे।
त्यसपछि राजा चार्ल्सले नेटो र ओकस गठबन्धनको महत्त्वमा जोड दिए। उनले भने कि यस्ता गठबन्धनहरूले प्राविधिक र सैन्य सहयोगलाई अझ बलियो बनाउन सक्छन्।
Shares

प्रतिक्रिया