पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक बनाउन लागेको नयाँ सरकारमा शुभेन्दु अधिकारी मुख्यमन्त्री हुने भएका छन्।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार राज्यमा दुई उपमुख्यमन्त्री हुनेछन्। जसमध्ये एक उपमुख्यमन्त्री रूपा गांगुली हुने पुष्टि भइसकेको छ भने अर्का उपमुख्यमन्त्री दार्जिलिङ क्षेत्रका पुरुष विधायक हुनेछन्।
शुभेन्दुले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नेछन्।
मुख्यमन्त्री र दुई उपमुख्यमन्त्रीको नाम आज विधायक दलको बैठकबाट साँझ ५ बजे घोषणा गरिनेछ।
मुख्यमन्त्री र दुवै उपमुख्यमन्त्रीले शनिबार मे ९ मा कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा शपथ खानेछन्।
हालै भएको विधानसभा चुनावमा शुभेन्दुले भवानीपुरमा वर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई हराएका हुन्।
यस्तै शुभेन्दुले लगातार दोस्रोपटक नन्दीग्राम सिटमा पनि विजय हासिल गरेका छन्, जहाँ उनले २०२१ मा ममतालाई हराएका थिए।
यही मे मे ४ मा घोषित नतिजाअनुसार भाजपाले पश्चिम बंगालका २९४ क्षेत्रमध्ये २०७ स्थानमा जितेर ऐतिहासिक सफलता प्राप्त गरेको हो।
वर्तमान मुख्यमन्त्री ममताको पार्टी तृणमूल कंग्रेस (टीएमसी) भने यसपटक ८० सिटमा झरेको छ।
योसँगै पश्चिम बंगालमा १५ वर्षदेखि जारी ममताको शासन ढलेको छ भने भाजपा उदाएको छ।
Shares

प्रतिक्रिया