ग्लोबल


ट्रम्प फर्किएलगत्तै सी भेट्न पुटिन चीन जाने घोषणा

ट्रम्प फर्किएलगत्तै सी भेट्न पुटिन चीन जाने घोषणा

नेपालखबर
जेठ २, २०८३ शनिबार १४:४४, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यही मे १९ तारिख चीन भ्रमणमा निस्किने भएका छन्। 

रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले शनिबार विज्ञप्ति जारी गरी राष्ट्रपति पुटिनले मे १९ र २० मा दुई दिन चीन भ्रमण गर्ने घोषणा गरेको हो। 

क्रेमलिनको विज्ञप्तिअनुसार ‘भ्रमणका क्रममा पुटिनले चीनका राष्ट्रपति सी चिनफिङसँग महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाबारे छलफल गर्नेछन् र वार्ताको अन्त्यमा दुवैले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नेछन्।’

यसअघि शुक्रबार मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका थिए। 

बुधबार, बिहीबार र शुक्रबार तीन दिन चीन भ्रमण गरेका ट्रम्पले सी चिनफिङसँग पटकपटक भेट र संवाद गरेका थिए। 

त्यसलगत्तै रुसका राष्ट्रपति पुटिनले चीन जाने कार्यक्रम घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad