राजनीति


बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न प्रधानमन्त्री कार्यालयको अपिल

बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न प्रधानमन्त्री कार्यालयको अपिल

नेपालखबर
जेठ २, २०८३ शनिबार १४:४६, काठमाडौँ

प्रधानमन्त्रीको नाम लिएर स्वार्थपूर्ति गराउने खोज्ने जुनसुकै व्यक्तिबारे पनि तत्काल सुरक्षा निकायका खबर गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अपिल गरेको छ। 

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रेस विज्ञप्ति जारी गरी जुनसुकै व्यक्ति भए पनि तत्काल जानकारी गराउन अपिल गरेका छन्। ‘कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न र सोको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन कार्यालय सम्पूर्णमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

केही दिनअघि दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन गरेर धम्क्याएका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर धम्की दिएका थिए। त्यसको अडिओ रेकर्ड सार्वजनिक भएको थियो। 

त्यसलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। यस घटनामा संलगन प्रकाश खढ्कालाई कारबाही गर्न निर्देशन दिइसकेकको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। 

‘उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निज प्रकाश खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad