ग्लोबल


इरान युद्धबारे यूएईका राष्ट्रपतिलाई पुटिनको फोन

इरान युद्धबारे यूएईका राष्ट्रपतिलाई पुटिनको फोन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान


नेपालखबर
जेठ ३, २०८३ आइतबार ७:५०, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धबारे संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग फोनमा कुरा गरेका छन्।

क्रेमलिन (रुसको राष्ट्रपति कार्यालय) का अनुसार ‘दुई नेताले शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक संवाद जारी राख्नु आवश्यक रहेको बताएका छन्।’

पुटिनले युक्रेन युद्धसँग सम्बन्धित मानवीय मुद्दामा यूएईको सहयोगको पनि प्रशंसा गरे।

अमेरिका-इजरायल द्वन्द्वका कारण यूएई र इरानबिच वैमनस्य बढेको छ।

यूएईले युद्धका बेला इरानले धेरैपटक आफ्नो दशेमा आक्रमण गरेको दाबी गरेको छ।

उता इरानले यूएईलाई अमेरिका र इजरायलको ‘सक्रिय साझेदार’ रहेको तथा इरानविरुद्ध हमलामा प्रत्यक्ष संलग्न रहेको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad