इजरायलका चर्चित इतिहासकार युवल नोआ हरारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कडा आलोचना गरेका छन्।
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘इजरायलको इतिहासमा नेतन्याहुभन्दा इजरायली राष्ट्रवादको ठुलो शत्रु कोही भएनन्। उनले देशलाई भित्रबाटै विभाजित गरेका छन् र मानिसहरूलाई एकअर्काविरुद्ध खडा गराएका छन्।’
उनले अगाडि भनेका छन्, ‘ट्रम्प र उनीजस्ता नेता कमजोरले सधैँ बलियोको अधीनमा बसे भने मात्र शान्ति कायम हुन्छ भन्ने मान्यता राख्छन्। यो अनैतिक र मूर्खतापूर्ण छ, किनभने यसले प्रत्येक देशलाई हतियारमा आफ्नो ऊर्जा खर्च गर्न बाध्य पार्नेछ।’
हरारीले संसार द्रुत गतिमा ट्रम्पवाद र दक्षिणपन्थी राजनीतितर्फ अघि बढिरहेको बताएका छन्।
उनले भनेका छन्, ‘यस्तो राजनीति गर्नेहरू विश्व एकअर्कालाई सहयोग गरेर होइन, शक्ति र प्रभुत्वले सञ्चालन हुन्छ भन्ने विश्वास गर्छन्। तर यो सोचले मानव सभ्यता र संसारलाई पछाडि धकेलिरहेको छ।’
Shares

प्रतिक्रिया