ग्लोबल


ट्रम्पले नेतन्याहुलाई थर्काउँदै भने: म नभएको भए तिमी जेलमा हुन्थ्यौ

ट्रम्पले नेतन्याहुलाई थर्काउँदै भने: म नभएको भए तिमी जेलमा हुन्थ्यौ

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १४:११, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरेर थर्काएका छन्। 

इजरायलले लेबननमा आक्रमण गरेपछि इरानले सोमबार अमेरिकासँग जारी वार्ता रोक्ने चेतावनी दिएको थियो। 

त्यसपछि रिसाएका ट्रम्पले नेतन्याहुलाई फोन गरेर गाली गरेका हुन्। 

अमेरिकी अनलाइन एक्सियोसका अनुसार ट्रम्पले रिसाउँदै नेतन्याहुलाई भने, ‘तिमी पागल भयौ? आखिर तिमी के गरिरहेका छौ? यदि म नभएको भए तिमी जेलमा हुन्थेउ। म तिमीलाई बचाइरहेको छु। तर अब सबैजना तिमीसँग रिसाएका छन्। सबैजना इजरायलसँग पनि रिसाएका छन्।’

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प खासगरी लेबननमा ठुलो संख्यामा नागरिक मारिएको र एकजना हेज्बुल्लाह कमान्डका लागि सम्पूर्ण भवन ध्वस्त पारिएकामा चिन्तित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad