चीन र रुसलाई इरानलाई हतियार बिक्री गरेमा यो उनीहरूको हितमा नहुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चेतावनी दिएका छन्।
उनले चीनका राष्ट्रपति सी चीनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको ट्रम्पको भनाइ छ।
‘इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठुला देश मेरो विचारमा यसमा संलग्न छैनन्’, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्।
उनले भनेका छन्, ‘यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ। यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन।’
33
Shares

प्रतिक्रिया