ग्लोबल


भारतीय सदस्य पनि रहेको जहाज अरब सागरबाट अपहरण

भारतीय सदस्य पनि रहेको जहाज अरब सागरबाट अपहरण

नेपालखबर
पुस २०, २०८० शुक्रबार १४:१६, काठमाडौँ

अरब सागरमा लाइबेरियाको झण्डा लगाइएको व्यापारिक जहाज अपहरणपछि भारतले त्यहाँ युद्धपोत तैनाथ गरेको छ।

सोमालियाको तट नजिक रहेको यो व्यापारी जहाजको चालक दलमा केही भारतीय सदस्य पनि थिए।

बिहीबार लाइबेरियाको झण्डा लगाइएको कार्गो जहाज एमभी लिला नोर्फोकको अपहरणको सूचना यूके मेरिटाइम ट्रेड अपरेसनले दिएको थियो।

यो ब्रिटिस सेनाको एक संगठन हो, जसले रणनीतिक समुद्री मार्गमा अलग-अलग जहाजको चाललाई ट्र्याक गर्दछ।

भारतीय नौसेनाका प्रवक्ताले भने- यस घटनाको जानकारी प्राप्त हुनेबित्तिकै सेनाले स्थापना गरेको प्लेटफर्मले तुरुन्त प्रतिक्रिया दिएको थियो।

बिहीबार साँझ ५ देखि ६ बजेसम्म हतियारधारी उक्त व्यापारी जहाजमा प्रवेश गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad