ग्लोबल


मध्यप्रदेश: आदिवासी छात्रालाई बलात्कार गर्नेको घरमा चलाइयो बुलडोजर

मध्यप्रदेश: आदिवासी छात्रालाई बलात्कार गर्नेको घरमा चलाइयो बुलडोजर

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ७:६, काठमाडौँ

भारतीय राज्य मध्यप्रदेशको सिधी जिल्लामा सात जना आदिवासी बालिकालाई बलात्कार गरेको घटनामा सोमबार प्रशासनले चार आरोपितको घरमा बुलडोजर चलाएको छ। 

बीबीसी हिन्दीका अनुसार आरोपितहरूले महिलाको जस्तै आवाज बनाएर ती युवतीहरूलाई साँझ सुनसान ठाउँमा बोलाएर बलात्कार गरेको खुलासा भएको हो। 

आपितहरूले एपमार्फत शिक्षिका (महिला) को आवाज बनाई छात्रवृत्तिका लागि कागजपत्र लिन भनी ७ छात्रालाई सुनसान ठाउँमा बोलाए। उनीहरूले ती युवतीहरूलाई बोलाएका थिए, जो छात्रवृत्ति पाउने वर्गमा पर्थे। 

बलात्कारपछि युवतीहरूको पैसा र मोबाइल पनि लुटिएको आरोप छ।

घटना सार्वजनिक भएपछि मुख्यमन्त्री मोहन यादवले दोषीहरूलाई कडा कारबाही गर्ने बताएका छन्।

पीडितले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। त्यसपछि मुख्य आरोपित पक्राउ परेका थिए।

अहिलेसम्म ४ जना छात्राले मात्रै उजुरी दिएका छन्।

तर पीडितको संख्या अझ बढी हुन सक्छ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad