ग्लोबल


भारतको केरलामा पहिरो जाँदा ४५ जनाको मृत्यु, १ नेपाली पनि परेको आशंका

भारतको केरलामा पहिरो जाँदा ४५ जनाको मृत्यु, १ नेपाली पनि परेको आशंका

नेपालखबर
साउन १५, २०८१ मंगलबार १३:९, काठमाडौँ

भारतको केरलामा मंगलबार गएको पहिरोमा परी ४० जनाभन्दा बढी जनाको मृत्यु भएको छ। 

विभिन्न भारतीय सञ्चारमाध्यमले मृतकको संख्या फरक-फरक दिएका छन्।

कतिले ४० जना भनेका छन् भने कतिले यसभन्दा बढी त कतिपयले ४५ जनाको मृत्यु भएको उल्लेख गरेका छन्।

एउटा सञ्चारमाध्यमले मृतकमा एक जना नेपाली पनि रहेको उल्लेख गरेको छ। 

तर मृतकको पहिचान खुलिसकेको छैन। 

केरलाको वायनाडस्थित मेपाडीनजिक पहिरो मंगलबार बिहान २/३ बजे पहिरो गएको हो। 

पहिरोमा सयौँ व्यक्ति फसेको आशंकामा उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad