कर्णाली


बामेखोला घटना : पाँच जनाविरुद्ध किटानी जाहेरी

बामेखोला घटना : पाँच जनाविरुद्ध किटानी जाहेरी

नेपालखबर
भदौ १५, २०७९ बुधबार १६:३८, सुर्खेत

मंगलबार साँझ झडपबाट मृत्यु भएका वीरेन्द्रनगर–१० का रोशन जिसीका आफन्तले किटानी जाहेरी दिएका छन्। 

जिसीका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार पाँच जना विरुद्ध किटानी जाहेरी दिएका हुन्। 

जिसीका बुबा ६५ वर्षीया गणेशबहादुर जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीया कुमार परियार, २५ वर्षीया ओमप्रकाश सुनार, सनोसुर्खेतका २५ वर्षीया मीनु नेपाली, २३ वर्षीया न्युटन शाही र २८ वर्षीया गणेश नेपाली विरुद्ध किटानी जाहेरी दिएका हुन्। 

२६ वर्षीया रोशनको मृत्यु मंगलबार साँझ साढे ६ बजेको समयमा भएको थियो।

बुबा गणेशले दिएको जाहेरीकाअनुसार आफ्नो छोरा घरमा बसिरहेको समयमा मीनु नेपाली लगायतले रोशनलाई मार्ने योजना बनाएर घरबाट बोलाएर पठान टोलतर्फ लगेको बताइएको छ।

त्यसपछि ओम प्रकाश सुनार, न्युटन शाही, कुमार परियार, मीनु नेपाली र गाणेश नोपालीसमेतको टोलीले लाठी, ढुङ्गा, लाती र मुक्काले हानेर टाउकोमा गम्भीर चोटसँगै शरीरका विभिन्न अंगमा हानी कुटपिट गरेर घाँटी बटारी मर्यो भनेर चन्द्रबहादुर सुनारको घर नजिक बाटोमा फालेको जाहेरीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .