कर्णाली


कर्णाली किनारमा तीन जिल्लाका सुरक्षा प्रमुखको चुनाव केन्द्रित बैठक

कर्णाली किनारमा तीन जिल्लाका सुरक्षा प्रमुखको चुनाव केन्द्रित बैठक

दिनेश बुढा
कात्तिक १७ , सुर्खेत

दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रित बैठक बसेको छ।

बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको सुरक्षा समन्वय बैठक बसेको हो। 

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको छ।  

जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार तीन जिल्लाको सुरक्षा बैठकमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबारे छलफल भएको सुरक्षा स्रोतले जनाएको छ।

निर्वाचन सुरक्षासहित विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरु कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगाएतका विषयमा केन्द्रित रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको हो। 

बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरुको सुरक्षा सवालमा पनि छलफल भएको छ। बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित थिए। 

बैठकले १० बुँदे निर्णयहरु गरेको छ।

कात्तिक १७, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.