कर्णाली


राप्रपा उम्मेदवार सवार गाडी सुर्खेतको चौकुनेमा दुर्घटना

राप्रपा उम्मेदवार सवार गाडी सुर्खेतको चौकुनेमा दुर्घटना

तस्बिर : दिनेश बुढा/नेपालखबर


दिनेश बुढा
कात्तिक २१ , सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार सवारी दुर्घटनामा परेको छ।  सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको डब्बल क्यापको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।

गाडी सोमबार बिहान दुर्घटनामा परेको हो। उकालो सडक भएका कारण गाडी अगाडी बढ्न नसकेर दुर्घटनामा परेको त्यहाँका स्थानीयले जानकारी दिए।

हाल घटनास्थलमा अस्थायी प्रहरी पोष्ट लगामबाट प्रहरी खटिएको छ। उक्त गाडीमा सवार सामान्य घाइते भएका छन्। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा उम्मेदवार भिमबहादुर शाही, प्रदेश सभा (१) का उम्मेदवार सुर्यबहादुर खत्री र प्रदेश सभा (२)का उम्मेदवार कर्णबहादुर रेगामी मगरको चुनावी प्रचार–प्रसारमा गाडी गएको थियो।

कात्तिक २१, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.