कर्णाली


डोल्पाको जगदुल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

डोल्पाको जगदुल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

नेपालखबर
असार २१, २०८३ आइतबार १८:२९, सुर्खेत

डोल्पाको जगदुल्ला गाउँपालिका(०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब १स्५० बजे जगदुल्ला गाउँपालिका(०४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०र२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–०८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  जिपमा चालकसहित १४ जना सवार थिए।

 दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्। 

घाइतेहरूलाई थप उपचारका लागि उद्दार गरेर जुम्ला पठाउने तयारी भइरहेको छ। 

उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ समेत आरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
 
दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप विवरणसँगै घाइतेहरुको पहिचान हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad